समाचारसोमबार, बैशाख १६, २०७०

यो सरकार करारमा नियुक्त: मन्त्री कोइराला

हिमालखबर

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले १६ बैशाखमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले वर्तमान सरकारको काम काम चाँडो भन्दा चाँडो निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने भएकोेले यो सरकार करारमा नियुक्त भए जस्तै भएको बताएका छन् ।

मन्त्री कोइरालाले दलहरुसँग सहमतिको वातावरण बन्दै गरेको र यसलाई सफल बनाउन सरकार लागिपरेको बताए । उनले अर्थतन्त्रलाई लिगमा ल्याउने जिम्मेवारी सरकारको काँधमा रहेको भन्दै थपे, “सरकार बजेटको पूर्व सन्ध्यामा छ, राजनीतिक प्रेरित नभई विकास निर्माणको पहलमा रहेको छ ।”

वर्तमान सरकार गैर राजनीतिक भएकाले निर्वाचननै यसको प्रमुख लक्ष्य हुने दोहोर्‍याउँदै मन्त्री कोइरालाले निर्वाचन सम्पन्न गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

उनले सञ्चार क्षेत्रले जनआन्दोलनमा खेलको भूमिकाको प्रंशसा गर्दै सरकारलाई निरकुङ्श बन्न नदिन र पारदर्शीतामा सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहने भएकाले यसको प्रगति र विकासको लागि सदा तत्पर रहेको पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>