समाचारसोमबार, बैशाख १६, २०७०

आन्दोलनरत दलहरुद्वारा दूतावासमा ज्ञापनपत्र

हिमालखबर

आन्दोलनको कार्यक्रमअन्तर्गत ३३ दलहरुले संयुक्तरुपमा १६ बैशाखमा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै विराटनगरस्थित भारतीय दूतावास अन्तर्गतको कार्यालय हटाउन माग गरेका छन् ।

उनीहरुले ज्ञापनपत्र बुझाउनु अघि दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए । दिउँसो २ बजे लैनचौरबाट जुलुससहित ती दलका नेताहरु कार्यकर्ता भारतीय दूतावास अगाडि पुगेका थिए ।

विराटनगरमा अवैधानिक एवं अनधिकृतरुपमा खोलिएको भारतीय कार्यालय हटाउनका लागि ज्ञापनपत्र बुझाइएको नेकपा–माओवादले जनाएको छ । ज्ञापनपत्र बुझाउनुअघि कोणसभालाई सम्वोधन गर्दै नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले बिरानटगरमा कार्यालय खालेर राष्ट्रियता माथि धावा बोलेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>