समाचारसोमबार, बैशाख १६, २०७०

काठमाडौँका भवनहरु जोखिमपूर्ण

हिमालखबर

१६ बैशाखमा काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका भवन निर्माण विभागका इन्जिनियर डा.उत्तरकुमार रेग्मीले काठमाडौँमा निर्माण गरिएका घरहरु अत्यन्तै जोखिमपूर्ण रहेको बताएका छन् ।

मिडिया इन्टरनेसनलद्वारा आयोजित “निर्माण सामग्री र भवनहरुको गुणस्तर” विषयक अन्तरक्रियामा रेग्मीले भवन निर्माण मापदण्ड अनुसार घरहरु नबनेको हुँदा कमजोर भएको दाबी गरे । रेग्मीले नेपाल सरकारको गुणस्तर विभागकै विश्वास गर्न सकिने अवस्था नरहेको भन्दै मुनाफा कसले धेरै खाने भन्ने अस्वस्थ प्रतिस्पर्धाले गर्दा निर्माण सामग्रीहरुको गुणस्तर खस्किदै गएकोतर्फ औंल्याए ।

मापदण्ड अनुसार घर नबन्नुमा महानगरपालिका मात्र दोषी नभई डण्डी र सिमेन्ट व्यवसायी पनि उत्तिकै दोषी भएको रेग्मीको आरोप छ ।

कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(एनसेट)का विशेषज्ञ विजयकृष्ण उपाध्यायले काठमाडौँमा बनेका अधिकाँस घरहरु र अहिले बनिरहेका हाउजिङहरु ज्यादै कमजोर तरिकाले निर्माण गरिएकाले ती घरहरु भत्कन भूकम्प आउन नपनर्,े कुनै पनि बेला भत्कन सक्ने दाबी गरे ।

्उनले काठमाडौंका अधिकाँस अपार्टमेन्टहरु खोलाको किनारमा बनाइएकोले ज्यादै जोखिमपूर्ण अवस्थामा रहेको र घर निर्माण गर्दा घर बनाउने जमिन कस्तो छ ? कस्तो डिजाइनमा बनाउने हो ? र डिजाइन अनुसार निर्माण गरिएको छ कि छैन ? भन्ने कुरामा विचार पु¥याउन आग्रह गरे ।

डण्डी उत्पादन क्षेत्रका विज्ञ आनन्द नेपालले सस्तोमा सामान ल्याएर बेच्दा गुणस्तर खस्कदै गएको र घर बनाउने डण्डीमा खिया लाग्ने गरेको, मक्किएको घटना सामान्य बन्दै गएकोले घरहरु जोखिमपूर्ण रहेको बताए ।

‘‘विश्वमा दुई प्रकारका डण्डीहरु छन्, गुणस्तरीय र कम गुणस्तरीय, नेपालमा कम गुणस्तरको डण्डी नै प्रयोगमा आएकोले तत्काल असर नदेखिए पनि कालान्तरमा नकारात्मक असर पर्छ,’’ उनले भने, “काठमाडौंका हाउजिङहरु पनि यस्तै डण्डीबाट निर्माण गरिएको हुँदा बाहिर राम्रा देखिए पनि भित्र खोक्रो भएकाले स्थिति भयावह हुन सक्ने प्रवल सम्भावना छ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>