थप समाचारसोमबार, बैशाख १६, २०७०
हिमाल तराईसँग जोडिंदै

अरुण उपत्यकास्थित सभा खोलामा नव निर्मित पुलको १६ वैशाखमा संघीय व्यवस्था तथा स्थानीय विकासमंन्त्री विद्याधर मल्लिक तथा बेलायतका अन्र्तराष्ट्रिय विकास सहायक मन्त्री एलन डंकनले संयुक्त उद्घाटन गरेका छन् ।

बेलायती सरकारको सहयोगमा निर्मित यो पुलले तराईदेखि चिनियाँ सीमा किमाथांकासम्मको सहज आवागमनको संभावनालाई विस्तार गरेको छ ।
यो पुलले मध्यपहाडमा पूर्व–पश्चिम खण्ड–खण्ड निर्माण हुँदै गएको सडकसँग पूर्वी हिमाली जिल्ला संखुवासभालाई जोडेको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका र खराङ गाविसबीचको सभा खोलामा निर्मित १२० मिटर लामो स्टील ट्रस पुलको निर्माण सम्पन्न भएसँगै पूर्वको ताप्लेजुङबाट–दार्चुला जोडिने मध्यपहाडी लोकमार्ग अन्र्तगतको लेगुवाघाट र जिल्ला सदरमुकाम खाँदबारी जोडिन पुगेका छन् ।
बेलायती सरकारको झण्डै ३० लाख स्टर्लिङ पाउण्डको सहयोगमा गएको १६ माघमा निर्माण सम्पन्न सभा खोलासँगै लेगुवाघाटस्थित अरुण नदी माथि पनि पुल निर्माण कार्य भइरहेको छ ।
आउँदो असार–साउनमा लेगुवाघाटस्थित पुलको पनि निर्माण सम्पन्न भएपछि तराईलाई अरुण उपत्यका हुँदै सीमावर्ती चिनियाँ क्षेत्र किमाथांकासम्म जोड्ने संभाव्यतालाई फराकिलो पार्नेछ ।