थप समाचारमंगलबार, बैशाख १७, २०७०

आन्दोलनले अस्पतालमा शल्यचिकित्सा बन्द

हिमालखबर

एकहप्तादेखि जुनियर रेजिडेन्ट चिकित्सकहरुले गरिरहेको आन्दोलनका कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले नयाँ विरामी भर्ना सीमित गरिएको र शल्य चिकित्सा सेवा स्थगन गरिएको जनाएको छ ।

विशेषज्ञ चिकित्सकहरुवाट मात्र सम्पूर्ण उपचार सेवा प्रदान गर्न सम्भव नभएकाले अर्को सूचना जारी नहँुदासम्म सीमित संख्यामा मात्रै नयाँ विरामी भर्ना गरिने अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले जानकारी दिए ।

पत्रकार सम्मेलन गदै निर्देशक सिन्हाले आकस्मीक सेवा, आकस्मीक शल्यक्रिया सेवा, सघन उपचार सेवा, डाइलसिस सेवा तथा प्रसुती सेवा भने यथावत रुपमा सञ्चालन हुने जानकारी दिएका छन् ।

अस्पताल प्रसासनले दिएको जानकारी अनुसार पुरानो विरामी वाहेक मेडिकल ओपिडी २०, हाडजोर्नीमा २०, नाक–कान–घाँटीमा ३०, बाल ओपिडीमा २०, मानसिक रोगमा ५, आँखामा ३० र जेनेरल ओपिडीमा १०० जना मात्र नयाँ विरामी दर्ता गरिने छ ।

अस्पतालका सम्पूर्ण विभागमा नयाँ र पूराना विरामी गरि १ हजार भन्दा वढी विरामी दैनिक उपचारका लागि आउने गर्छन ।

प्रतिष्ठानका शिक्षादक्ष डा विक्रम श्रेष्ठले अन्दोलनरत जुनियर रेजिडेन्ट चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिइ पठन पाठन कार्यमा सहभागी हुन अनुरोध गरेका छन ।

जुनीयर रेजिडेन्ट (एमडी अध्ययनरत ) चिकित्सकहरु विभिन्न माग लिएर एक हप्तादेखि अस्पतालका कुलपति, निर्देशक, शिक्षाध्यक्ष लगायतका कार्यकक्षमा तालवन्दी गरेका छन ।

सीता मादेम्बा, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>