थप समाचारमंगलबार, बैशाख १७, २०७०
विलियम अलेक्जेण्डरद्वारा गद्दी आरोहण
गद्दी हस्तान्तरण र ग्रहणको हस्ताक्षर गरिसकेर छोरा र बुहारीका साथमा बार्दलीमा निस्किएकी बेट्रिक्सले उपस्थितलाई सम्बोधन गर्दै विलियम अलेक्जेण्डरलाई नयाँ राजाका रुपमा चिनाउन पाउँदा आफूलाई निकै खुसी र धन्य महशुस भएको बताइन् ।
महारानीले आफ्नो छोरा शासन सम्हाल्न योग्य भएकाले गद्दी हस्तान्तरण गरेको त्यागपत्रमा उल्लेख गरेकी छन् । त्यहाँ गद्दिसिन व्यक्तिको मृत्यु वा पद हस्तान्तरणबाट राजगद्दी खाली हुने व्यवस्था छ ।
आफ्नो ३३ वर्षे शासनकाललाई अन्त्य गरेकी ७५ वर्षीय बेट्रिक्स निकै लोकप्रिय शासकहरु मध्येमा पर्दछिन् । विलियम अलेक्जेण्डर सन् १८९० पछिका पहिला पुरुष शासक बनेका छन् ।
एजेन्सीहरुको सहयोगमा
