समाचारबुधबार, बैशाख १८, २०७०

तीन पूर्व प्रम एकै साथ विराटनगरमा

हिमालखबर

पूर्व प्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराई एउटै जहाजबाट विराटनगर विमानस्थलमा ओर्लिएपछि एमाओबादी र एमालेका कार्यकर्ताले संयुक्त रुपमा स्वागत गरे ।

जहाजबाट ओर्लने बित्तिकै एमाओवादी नेता गिरीराजमणि पोखरेलले नेपाल, दाहाल र भट्टराईलाई क्रमैसँग माला लगाएर स्वागत गरे भने एमालेका कार्यकर्ताले पनि नेपालसँगै दाहाल र भट्टराईलाई पनि माला लगाउँदै अभिवादन गरे ।

एमाओबादी र एमालेका कार्यकर्ताको समानान्तर लाइनको बीचबाट माला पहिरिदै नेताहरु हिडेका थिए । विमानस्थलको बिशिष्ट कक्षमा पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिन दाहालले चाहेनन् भने नेपालले नेकपा–माओवादी लगायतका दलहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी गराउनु पर्ने बताएका थिए । उनले निर्वाचनको विरोध गरिरहेका दलहरुले मन्त्रिपरिषद अध्यक्षको खिलाराज रेग्मीको राजीनामाको माग गर्नु भने ठिक नभएकोमा जोड दिए ।

मजदुर दिवसका अवसरमा एमाओवादीले सुनसरीको इटहरीमा, एमालेले विराटनगरमा र नेकपा–माओवादीले झापामा आमसभाको आयोजना गरेका छन् ।

कमल रिमाल,विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>