समाचारबिहीबार, बैशाख १९, २०७०

मलामी बोकेको ट्रयाक्टर दुर्घटना, चारको मृत्यु

हिमालखबर

तस्बीर: रासस

१९ बैशाख दिउँसो नवलपरासीको त्रिवेणीस्थित गण्डक नहरमा मलामी बोकेको ट्याक्टर खस्दा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै भारत उत्तर प्रदेशका छन् ।

मृतकहरुमा भारत उत्तर प्रदेशका ५० वर्षीय निसार महम्मद, ३५ वर्षीय सूर्यनाथ सोनार, ५० वर्षिय देवान मुसलमान र रामपृत चौहान रहेको प्रहरीले जनाएको छ ।

त्रिवेणीबाट आउँदै गरेको यात्रुवाहक बसलाई साइड दिने क्रममा त्रिवेणीसुस्ता गाविस ६ फर्साटाँडीमा लु १ त ११५९ नंबरको ट्याक्टर अनियन्त्रित भई गण्डक नहरमा पल्टेको हो ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
उत्तर प्रदेश महाराजगञ्जका स्थानीयहरुले नेपाली ट्रयाक्टर भाडामा लिएर मलामी जाँदै थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>