समाचारशुक्रबार, बैशाख २०, २०७०
राजनैतिक स्थिरता भए भारत र चीनले सहयोग गर्ने : दाहाल
धरानमा बैशाख १९ गते आयोजना भएको राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले ब हामी आफैले मुलुक बनाउन जुट्नुपर्ने बताउँदे आफनो भ्रमण व्यक्तिगत नभई औपाचारिक भ्रमण भएको बताए । भ्रमण नितान्त व्यक्तिगत नभई नेपाल सरकार र दुइ देशको सरकारबीचको तयारीमा औपचारिक भ्रमण गरेको जिकिर गरे ।
एमाले वरिष्ठ नेता माधव नेपालले प्रचण्डको भारत र चीन भ्रमण व्यक्तिगत भएको टिप्पणी गरेपछि उनले यस्तो जवाफ दिएका हुन । उनले भने ‘मेरो चीन र भारत भ्रमणलाई केही नेताले पूर्वाग्रही भएर व्यक्तिगत भने, तर यो भ्रमण दुवै देशको सरकार र नेपाल सरकारबीच चिट्ठी पत्र आदान प्रदान भएर, दुताबासले सम्पुर्ण तयारी गरिसकेर बोलाएको खुलाए ।’ दुवै देशको सरकारले आफुलाई नेपाल सरकारको प्रतिनिधि सरह नै स्वागत र व्यवहार गरेको पनि उनले वताए । उनले भने आफ्नो भ्रमण नेपालको आर्थिक प्रगति र राजनैतिक स्थिरताको लागि कोसेढुंगा सावित हुने वताए । उनले भने “१० बर्षपछि हाम्रो देश दक्षिण एसियाको धनी बन्न सम्भव छ । ”
-सोहन श्रेष्ठ/धरान

