थप समाचारशुक्रबार, बैशाख २०, २०७०
सीएम जुट मिलमा आगलागी
उद्योगले लापर्वाही पूर्ण तरिकाले राखेको जुटको फोहर (फेसुवा) बाट आगो सल्किएको हो ।
उद्योग संचालक अनुपम राठीले आगलागीमा मेसिन र फेसुवा जल्दा करिव रु ४० लाख बराबरको क्षति भएको बताए ।
फेसुवाको थुप्रोबाट राति साढे ९ बजे सुरु भएको आगो साढे ११ बजे आगो नियन्त्रणमा आएको थियो । आगोले फेसुवा प्रसोधन गर्ने मेसिनसमेत जलेको छ ।
कमल रिमाल/विराटनगर
