समाचारशनिबार, बैशाख २१, २०७०
आगलागीबाट ११५ घर नष्ट
गएराति एक नम्बर योगिनियाँ–७ का ज्वाला बनबरिया यादवको घरबाट आगलागी शुरु भएको हो । गाउँमा सबै जना सुतेको अवस्थामा लागेको आगोले एकै छिनमा वस्ती नै सखाप भएको हो ।
आगलागीले दुई वटा बाछो, दुई वटा खसीको जलेको छ भने एउटा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भएको आगोलाई निभाउन राजविराज, सिरहाको लहान तथा सुनसरीको इटहरीबाट बारुण यन्त्र मगाइएको थियो । यसबाहेक स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले २१ बैशाख बिहान ५ बजे आगो निभाएको थियो ।
श्रवणकुमार देव, सप्तरी
