समाचारशनिबार, बैशाख २१, २०७०
बैद्यसंग चुनाबी एकता हुन सक्छ: दाहाल
बाराको सिमरा विमानस्थलमा २१ बैशाख विहान पत्रकारहरुसंग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहालले नेकपा–माओवादीले चाहे चुनाबी एकता गर्न आफू तयार रहेको प्रष्ट पारे ।
दाहालले मधेशको भोजपुरा, मिथिला र अवधमध्ये कुनै एक क्षेत्रबाट आफूले उमेद्वारी दिने दोहोर्याउँदै पार्टीका दुवै उपाध्यक्षले पनि मधेशबाटै चुनाव लड्ने तयारी भइरहेको दाबी गरे ।
सरकारविरुद्ध आन्दोलनरत दलहरुलाइ चुनावमा सहभागी गराउन संविधानसभा सदस्यको संख्या ४ सय ९१ जना राख्ने मुख्य दलको सहमतिमा पुनर्विचार गर्न सकिने बताएका दाहालले मोहन बैद्य र उपेन्द्र यादव नेतृत्वका दललाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउन प्रयास भइरहेको पनि बताए ।
लोकमान सिंह कार्कीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चार राजनीतिक दलको उच्चस्तरीय समितिले सिफारिस गरे पनि अहिले एमाले र कांग्रेस पछाडि हटेको भन्दै दाहालले आक्रोश व्यक्त गरेका थिए ।
पार्टीको भेलालाई सम्बोधन गर्न सर्लाही जाने क्रममा दाहाल सिमरा आएका हुन् ।
