थप समाचारशनिबार, बैशाख २१, २०७०
अपांगमैत्री मार्गका लागि सहयोग संकलन
अपांगता भएका ब्यक्तिका लागि सहज संरचनायुक्त सडक निर्माणका लागि आर्थिक सहयोग संकलन शुरु गरेको अभियान कार्यान्वयन समितिले २३ बैशाखमा पनि आर्थिक सहयोग संकलन गरेको छ ।
अभियानमा पत्रकार कनकमणि दीक्षित, कलाकार हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा लगायतले सहयोग गरिरहेका छन् ।
अभियानले शुरुमा जोरपाटीस्थित नेपाल अपांग संघको गेटबाट नारायणटार चोकसम्म २०० मिटर अपांगमैत्री नमूना सडक बनाउने लक्ष्य राखेको छ ।
१४ महिनाअघि शुरु भएको यो अभियानले गत ५ चैत मा पनि रकम उठाएको थियो । दोस्रो चरणमा आज बौद्ध स्तुपा परिषरमा आयोजित कार्यक्रममा अभियानका सदस्यहरुले अपांगमैत्री सडक निर्माणका लागि यथाशक्य सहयोग गरी पूण्य काम गर्न सवैलाई आग्रह गरेका थिए ।
ऋषिराम कट्टेल, हिमालखबर
