समाचारआइतबार, बैशाख २२, २०७०

नामावली संकलनमा अवरोध गर्नु जनविरोधि कार्यः महत

हिमालखबर

नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले २२ बैशाखमा पाँचथर सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले मतदाता नामावली संकलनमा रोक लगाउने, घुम्ती शिविरमा अवरोध खडा गर्ने जस्ता क्रियाकलापले मुलुकलाई निरंकुशतातर्फ उन्मुख गराउने बताएका छन् ।

मोर्चाले एकदिनअघि पाँचथरको दुरदिम्बामा जारी एकीकृत घुम्ती शिविरबाट सर्बसाधारणले लिएको नागरिकता च्यात्नुका साथै फोटो सहितको मतदाता नामावली संकलनमा पु¥याएको अवरोधका बिषयमा प्रतिक्रिया दिंदै महतले यस्तो बताएका हुन ।

निर्बाचन नभएसम्म मुलुकले कुनै पनि मुद्दामा निकास नपाउने भन्दै नेता महतले आन्दोलनमा दलहरुले आ–आफ्ना मागलाई वार्ताको टेवुलमा प्रस्तुत गर्नु पर्ने र सरकारले पनि उनीहरुका जायज मागलाई सम्बोधन गर्दै चुनावी बातारण बनाउनुपर्नेमा जोड दिए ।

मुलुकका सबै नागरिकलाई नागरिकता पाउने अधिकार रहनुका साथै निष्पक्ष निर्वाचनका लागि फोटो सहितको नामावली अत्यावश्यक रहेकाले सर्वसाधारणलाई घरदैलोमै गएर यी सुविधा दिन आयोजना गरिएका शिविरमा अवरोध गर्नेलाई जनताले नंग्याउने पनि महतले दाबी गरे ।

नेता महतले आगामी निर्वाचनमा कांग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने भन्दै कुनै दलसँग पनि मोर्चाबन्दी नगर्ने बताएका थिए ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>