समाचारसोमबार, बैशाख २३, २०७०
कार्की नियुक्तिको सिफारिस बारे राष्ट्रपति कार्यालयले अध्ययन गर्दै
विवादास्पद छवीका लोकमानसिंह कार्कीको नाम अख्तियार प्रमुखमा सिफारिस भएपछि राष्ट्रपति कार्यालयले कार्कीको नाम अनुमोदन गर्ने वा नगर्ने बारे अध्ययन शुरु गरेको छ ।
कार्कीका बारेमा रायमाझी आयोगले गरेको सिफारिस, सिफारिस रोक्न नागरिक समाजले दिएको पत्र र सर्वोच्चको फैसलाका विषयमा अध्ययन थालेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले गरेको सिफारिसका विषयमा राष्ट्रपति डा रामावरण यादव आन्तरिक छलफलमा छन् । आफ्ना सल्लाहकार र निकटस्थहरु सहित बोलाइएको बैठकमा कार्कीको सिफारिस अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने शीतलनिवास स्रोतले जनाएको छ ।
कार्कीको सिफारिस रोक्न नागरिक समाजका अगुवा तथा राजनीतिक दलका प्रतिनिधिहरुले नै आग्रह गरेपछि राष्ट्रपति पनि दबावमा परेका छन् ।
