थप समाचारसोमबार, बैशाख २३, २०७०

मलेसियामा सत्ताधारी दलको बहुमत, प्रतिपक्षी दलद्वारा परिणाम अस्वीकार

हिमालखबर

मलेसियामा हालका प्रधानमन्त्री नाजिव रजाकले नेतृत्व गरेको दलले आगामी सरकारको पनि नेतृत्व गर्ने स्पष्ट भएको छ ।

२२ बैशाखमा भएको संसदीय निर्वाचनमा विजयसँगै मलेसियाको राजनीतिक इतिहासमा हालको सत्ताधारी दलले नै करिब ५६ वर्षदेखि सत्तामा पकड जमाउन सफल भएको छ । तर, निर्वाचन परिणाम प्रतिपक्षी दलले भने अस्वीकार गरेको छ ।

निर्वाचनको प्रतिपक्षी दलका नेता अनबर इब्राहिमले बिरोध गरेका हुन् । उनले निर्वाचनमा सत्ताधारी दलले सरकारी स्रोत र साधनको दुरुपयोग गरी निर्वाचन परिणाम आफ्नो हातमा पार्न सफल भएको आरोप लगाएका छन् ।

मलेसियाको सत्ताधारी दल बरिसन नेसनल फ्रन्टले निर्वाचनमा १३३ स्थानमा जित हासिल गरेको छ । मलेसियाको संसदका २२२ स्थानमध्ये उक्त दलले हात पारेको सो सङ्ख्या बहुमत हुन्छ ।

हालका प्रधानमन्त्री नाजिव रजाकले नेतृत्व गरेको सोही दलले आगामी सरकारको पनि नेतृत्व गर्ने स्पष्ट भएको छ । कुल ८० प्रतिशत मतदान भएको निर्वाचन परिणामको विरोध गर्दै प्रतिपक्षीले पुन निर्वाचनको माग गरेका छन् ।

प्रधानमन्त्री नजिबले भने निर्वाचनको परिणाम स्वीकार गरेर राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न आग्रह गरेका छन् ।

मलेसियाको जनसङ्ख्या दुई करोड ९० लाख रहेको छ र यसका ६० प्रतिशत मलाया हुन् । उनीहरू इस्लाम धर्म मान्छन् ।

यहाँ जनसङ्ख्याको २५ प्रतशित भाग चिनियाँ मूलका जनता छन् र उनीहरू इसाइ वा बौद्ध धर्म मान्छन् भने ८ प्रतिशत भारतीय मूलका नागरिक छन् र उनीहरू प्रायः हिन्दू धर्म मान्छन् ।
एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>