समाचारमंगलबार, बैशाख २४, २०७०

कार्कीको सिफारिसविरुद्ध आज पनि प्रदर्शन

हिमालखबर

लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको विरोधमा २३ बैशाखमा प्रदर्शनी मार्ग काठमाडौंमा विरोध प्रदर्शन गर्दै नेविसंघ ।

लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त नगर्न माग गर्दै नेविसंघ, अनेरास्ववियु लगायत १३ विद्यार्थी  संगठनहरुले देशभरका सरकारी क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले  विहान ८ बजेदेखि १० बजेसम्म सरकारी गाडी चल्न समेत  रोक लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

कार्कीलाई अख्तियार प्रमुख बनाउनु जनआन्दोलनको मर्म र भावना विपरित हुने भन्दै  विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।

विद्यार्थी संगठनहरुले आजै राष्ट्रपति रामवरण यादवलाई भेटेर कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त नगर्न आग्रह गर्ने तयारी गरेका छन् ।

२३ बैशाखदेखि लोकमानको सिफारिस विरुद्ध आन्दोलित भएको पेशागत महासंघले आज दिउँसो पनि काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गर्ने भएको छ भने  चितवनमा नेकपा मालेले बिहान एक एकघन्टा चक्काजाम गरेको छ ।

त्यस्तै नागरिक समाजका अगुवाले कार्कीको नियुक्ति रोक्न माग गर्दै राष्ट्रपति कार्यालय र एकीकृत माओवादीको कार्यालय पेरिस डाँडामा धर्ना दिँदैछन्। नागरिक समाजले २३ बैशाखमा पनि राष्ट्रपति कार्यालय अगाडि धर्ना दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>