थप समाचारमंगलबार, बैशाख २४, २०७०

पाकिस्तानमा चुनावको रन्को

हिमालखबर

चुनावी सभालाई सम्बोधन गर्दै पूर्व क्रिकेटर इमरान खान

जस क्रममा क्रिकेटरबाट राजनीतिक नेता बनेका इमरान खानको ‘पार्टी तहरीफ ए इन्साफ’ले युवाहरुलाई आकर्षित गरिरहेको छ । तर सबैको ध्यान भने प्रधानमन्त्री नवाज शरीफ तेस्रो पटक पनि प्रधानमन्त्री हुन सफल हुन्छन् कि हुँदैनन् भन्नेमा केन्द्रित छ ।

राजनीतिक पार्टीहरुले भोट माग्नका लागि आफ्ना चुनाव चिह्न, पोस्टर, पर्चा, झण्डा, ब्यानर, बाजागाजा लगायतले गाउँ शहर गुलजार बनाएका छन् । पर्खाल र भित्ताहरु पेस्टरले ढाकिएका छन् भने गाडी, मोटरसाइकल, टाँगा आदिमा पार्टीका झण्डा फहराएका छन् ।

निर्वाचनको बढ्दो चहलपहलले एकातिर ब्याण्ड बाजा बजाउनेहरु, झण्डा र ब्यानर साथै तिनका कपडा बेच्नेहरुको ब्यापार फस्टाएको छ भने अर्कातिर सर्वसाधारणलाई निर्वाचनभन्दा पनि महत्वपूर्ण छ आफ्नो दैनिक रोजीरोटीको जोहो ।

यसअघि दुई कार्यकाल शासन गरिसकेको पाकिस्तान पिपुल्स पार्टीको सरकार रहँदा बितेका पाँच वर्षमा देशको आर्थिक अवस्था दयनीय भएको आरोप लाग्ने गरेको छ ।

भुट्टो परिवारको पाकिस्तानी राजनीतिमा महत्वपूर्ण स्थान रहेको छ । त्यसैले पाकिस्तान पिपुल्स पार्टीले बेनजिर भुट्टो र उनका पिता एवं पार्टीका संस्थापक जुल्फिकार भुट्टोका तस्बीरहरु विशेष रुपमा प्रस्तुत गरिएका छन् ।

२८ बैशाखको निर्वाचनमा संसदीयका साथै प्रान्तीय सरकारका लागि पनि मतदान हुँदैछ ।

सन् १९४७ मा बेलायती साम्राज्यबाट भारत स्वतन्त्र हुँदै गर्दा आफ्नो छुट्टै पहिचान लिएर अलग्गिएको पाकिस्तानमा कहिले प्रजातान्त्रिक, कहिले गठबन्धन त कहिले सैनिक शासकहरुले शासन गरेको इतिहास छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>