समाचारमंगलबार, बैशाख २४, २०७०
पूर्वाञ्चलमा १४९ वटा बलात्कारका घटना
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार जवरजस्ती करणीका घटना सबैभन्दा बढी मोरङमा ३३, सुनसरीमा ३०, झापामा ११, सप्तरी र इलाममा १०÷१०, उदयपुर, धनकुटा र सङ्खुवासभामा नौ/नौ, भोजपुरमा छ, सिरहामा पाँच, सोलु र ओखलढुङ्गामा चार/चार, ताप्लेजुङमा तीन, खोटाङ, पाँचथर र तेह्रथुममा दुई/दुई वटा भएका छन् ।
विगतको तुलनामा महिला हिंसाका घटना वृद्धि भएको र यसलाई नियन्त्रण गर्न दण्डहीनतालाई अन्त्य गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।
रासस
