समाचारबुधबार, बैशाख २५, २०७०

नागरिक अगुवाहरु पक्राउ, चर्को विरोधका बीच लोकमानलाई सपथ

हिमालखबर

संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त नगर्न माग गर्दै नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका युवा नेता, विद्यार्थी र सर्वसाधारणले विरोध प्रर्दशन गर्दे आएका थिए । सो  क्रममा राष्ट्रपति कार्यालय अगाडी भएको प्रर्दशनबाट नागरिक अगुवाहरुलाई पक्राउ गरिएको हो ।

नागरिक समाजको चर्को विरोध भइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखका रुपमा लोकमानसिंह कार्कीसहित संवैधानिक अंगका प्रमुखहरुलाई आज राष्ट्रपति भवनमा शपथ खुवाइएको छ। नागरिक अगुवाहरुलाई प्रहरीले पक्राउ गरिहदा कार्कीसँगै संवैधानिक परिषद्ले गरेको सिफारिश अनुसार लोकसेवा आयोगमा कयोदेवी यमी र महालेखा परीक्षकमा भानुप्रसाद आचार्यलाई कायममुकायम प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शपथ दिलाएका हुन्।

कार्कीको नाम विवाद भएपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निवासमा २४ बैशाखमा प्रमुख चार दलबीच सिफारिश पुनर्विचार गर्नेबारे छलफल भएपनि सहमति जुट्न सकेको थिएन। सहमती बिना नै आज सपथ ग्रहणको कार्यक्रम राखिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>