समाचारबुधबार, बैशाख २५, २०७०
भोलीको बन्द स्थगित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिको विरोधमा भोली २६ बैशाखका लागि आह्वान गरिएको बन्द त्यस दिन आमाको मुख हेर्ने औंशी (मातातिर्थ आमावस्या) परेकाले फिर्ता लिएको नेविसंघका नेता ऋषिकेश जंग शाहले बताएका छन् ।
“आन्दोलनका अन्य कार्यक्रमहरु यथावत नै छन्, भोली पर्व परेकोले भोलीको साटो अर्को दिनका लागि बन्द गर्ने तयारी भइरहेको छ,” शाहले हिमालखबरलाई बताए ।
यसैबीच १३ विद्यार्थी संगठनहरुले राजधानीमा विशाल जुलुश प्रदर्शन गरेका छन् भने नेकपा एमाले सम्बद्ध युवा संघले पनि विरोध प्रदर्शन गरेको छ ।
युवासंघले काठमाडौंको बानेश्वरमा आधा घण्टा चक्का जाम समेत गरेको थियो । उनीहरुले शीर्ष नेताहरुलाई ‘कि लोकमान छोड नभए पार्टी छोड’ भन्ने चेतावनी समेत दिएका थिए ।
