समाचारबिहीबार, बैशाख २६, २०७०

नगरिकता टोली आउने विद्यालयमा बम

हिमालखबर

नवलपरासीको मैनाघाटस्थित सरस्वती उच्चमाविमा नागरिकता वितरणका लागि खटिएका एकीकृत घुम्ती टोलीलाई लक्षित गरेर राखिएको दुई वटा तुल बम फेला परेको छ ।

विद्यालयको कार्यालय र कक्षा सातको कोठामा २६ बैशाखमा तुल बम फेला परेको स्थानीय अर्जुन पंगेनीले जानकारी दिए । बम ढोकामा सुतली र तारले बेरेर राखिएको छ ।

चार दलीय गठबन्धनको विरोध र ३५ लाख भारतीयलाई नागरिकता दिने षडयन्त्रविरुद्ध बम राखिएको पर्चा भेटिएको घुम्ती टोलीका संयोजक टिकाराम वाग्लेले बताए ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले १८ बैशाखदेखि जिल्लाका विभिन्न भागमा फोटो सहितको मतदाता नामावली संकलन र नागरिकता वितरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ ।

त्यस्तै पर्रोहामा विद्यालय हाताभित्र बम फेला परेपछि कक्षा १२ को परीक्षा झन्डै एक घण्टा प्रभावित भएको थियो । भवनको द्वारमा बम भेटिएपछि बिहान सात बजे शुरु हुनुपर्ने परीक्षा झन्डै एकघन्टा ढिलो अर्को भवनमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा प्रेसर कुकर बम फेला परेपछि परीक्षाका लागि पुगेका विद्यार्थीहरु त्रसित भएका थिए । अहिले प्रहरीको सुरक्षामा परीक्षा सञ्चालन भइरहेको छ ।

बम कसले राख्यो भन्नेबारे थाहा नभएको र अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको वम डिस्पोजल टोलीले परीक्षा सकिएपछि बम डिस्पोज गर्दै छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>