थप समाचारबिहीबार, बैशाख २६, २०७०

बंगलादेशमा भवन भत्कंदा मृत्युहुनेको सङ्ख्या नौ सय नाघ्यो

हिमालखबर

बंगलादेशमा पाँचवटा जति साना ठूला गारमेन्ट कारखाना रहेको आठतले भवन ११ बैशाख बिहान भत्किंदा मृत्यु हुनेहरुको संख्या अहिलेसम्म ९१२ पुगेको छ ।

भत्केको भवनमा १६ दिनसम्म पनि उद्दार कार्य जारी नै छ । भवनको भग्नाबशेषबाट गएराति करिब १३० वटा शव निकालेपछि सो सङ्ख्या ९१२ पुगेको सैनिक स्रोतले जनाएको छ ।

२५ बैशाख बिहानसम्म्म सो भत्किएको भवनमा ज्यान गुमाउनेको सङ्ख्या ७८२ पुगेको थियो ।

दुर्घटनाका बेला उक्त भवनमा कम्तीमा पनि तीन हजार ब्यक्तिहरु थिए जसमध्ये दुई हजार ४३७ को भने शुरुमै उद्धार गरिएको थियो ।

त्यहाँ अझै पनि उद्धार कार्य जारी रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने सैनिक स्रोतले अनुमान गरेको छ ।

दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिकको विरोध गरिरेहका छन् । उनीहरुले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोशाक सञ्चालन गर्ने मालिकलाई मृत्युदण्डको कारबाहीको माग गरेका छन् ।

भवन भत्किएको विषयमा सरकारी एक उच्च टोलीले अनुसन्धान थालेको छ । प्रारम्भिक रुपमा सो छानबिनबाट भत्किएको भवन कारखानाका लागि तयार नगरिएको पाइएको छ ।

उक्त भवन कारखानाका लागि नभएर अन्य व्यापारिक प्रयोजनका लागि तयार गरिएकोले उक्त घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको सो समूहमा कार्यरत एक इञ्जिनियरले जानकारी दिएका छन् ।

यस बाहेक अन्य परिणामहरु बाहिर नआएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

यसै अनुसन्धानको क्रममा प्रहरीले भवनका मालिक सहेल राना र चार गार्मेटका संस्थापकलागायत १२ व्यक्तिलाई पक्राउ गरेको छ ।

बङ्गलादेशमा गत नोभेम्बरमा एक गार्मेट भवनमा भएको आगलागीमा परी १११ व्यक्तिको मृत्यु भएको थियो । त्यहाँ यस्ता घटना निकै हुने गरेका छन् ।

अर्को गार्मेन्टमा आगलागी हुँदा आठको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा अवस्थित एघार तले एक भवनमा रहेको गार्मेट कारखानामा २५ बैशाखमा आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

यस आगलागीबाट घाइते भएका दर्जनौ व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको समाचारमा उल्लेख छ ।

स्थानीय समयअनुसार २५ बैशाख राति ११ बजे सो आगलागी शुरु भएको अधिकारीहरुले जनाएका छन् ।

बङ्गलादेश तयारी पोशाकका सामान निर्यात गर्ने विश्वकै एक प्रमुख राष्ट्रको रुपमा पर्दछ ।

त्यहाँ गार्मेट कारखानामा करिब ४० लाख कामदारहरु कार्यरत रहेका जनाइएको छ । त्यसैगरी अरबौँ अमेरिकी डलर बराबरको लगानी सो क्षेत्रमा रहेको पनि बताइएको छ ।

एएफपी, सिन्ह्वा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>