समाचारबिहीबार, बैशाख २६, २०७०

रेग्मी सहभागी कार्यक्रम कानून व्यवसायीद्वारा बहिस्कार

हिमालखबर

कानून दिवसको अबसरमा सर्वोच्च अदालतले २६ बैशाखमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी आउने भएपछि कानून ब्यवसायीहरुले बहिस्कार गरेका छन् ।

संविधान र कानून उल्लंघन गरेर  मन्त्रिपरिषदका अध्यक्ष भएका प्रधानन्यायाधीश खिलराज रेग्मी अतिथि भएको कार्यक्रममा सहभागी हुनुको औचित्य नहुने  भन्दै नेपाल बार एशोसिएसनको अगुवाईमा कानून व्यवसायीहरुले कार्यक्रम बहिस्कार गरेका हुन् ।

शक्ति पृथकीकरणको सिद्धान्तलाई नमान्ने मन्त्रिपरिषद अध्यक्ष रेग्मी सहभागी कार्यक्रममा जानुको कुनै औचित्य नभएको भन्दै नेपाल बार एशोसिएसन सर्वोच्चको उक्त कार्यक्रममा नजाने निर्णय गरेको उपाध्यक्ष टिकाराम भट्टराईले हिमालखबरलाई बताए ।

“२००९ साल बैशाख २६ गते नेपालमा पहिलो पटक शक्ति पृथकीकरणको सिद्धान्त लागुभएको दिनको सम्झनामा कानून दिवस मनाइन्छ,” उपाध्यक्ष भट्टराईले भने, “तर प्रधानन्यायाधीश खिलराज रेग्मी आफैं मन्त्रिपरिषद अध्यक्ष बनेर शक्ति पृथकीकरणको उपहास गरेकोले उक्त कार्यक्रममा उपस्थित हुनुको औचित्य रहेन र हामी नजाने निर्णय गर्‍यौं ।”

त्यस्तै एशोसिएसनका महासचिव सुनिल पोखरेलले दरबारमा रहेको न्यायापालीकालाई सर्वोच्चमा ल्याएको सम्झनामा कानून दिवस मनाउन थालिएकोमा अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकै व्यक्तिमा केन्द्रित भएको अवस्थामा दिवस मनाउनुको औचित्य नरहेको बताएका छन् ।

सर्वोच्च परिषरमा भएको कार्यक्रममा राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष रेग्मी, कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा लगायत सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>