समाचारबिहीबार, बैशाख २६, २०७०
ठूलो प्रकोपका बेला पनि सेनाको सञ्चार अवरुद्ध नहुने
ठूलै प्रकोप आएर विद्युत्, दूरसञ्चार, रेडियो, टेलिभिजनलगायतका अत्यावश्वक सञ्चार सेवा अवरुद्ध भएमा नेपाली सेनाको सञ्चार ब्यवस्था ‘सिग्नल’ विपद व्यवस्थापमा व्यवहारिक, भरपर्दो र सुरक्षित हुने सेनाले बताएको छ ।
आफूले प्रयोग गर्दै आएको सिग्नल र त्यसको प्रयोग विधि, प्रक्रियाबारे नेपाली सेनाले २६ बैशाखमा पत्रकारहरूलाई आज सैनिक मुख्यालयमै बोलाएर जानकारी गराएको छ ।
वि.सं. २००९ मा २३६ जना जनशक्तिसहित सैनिक मुख्यालयमै सिग्नल निर्देशनालय स्थापना गरिएकोमा अहिले त्यसको विस्तार गरी गुल्मसम्म पु¥याइएको सेनाले जनाएको छ ।
सुरुमा रनरको रुपमा प्रारम्भ भएको सो सेवा अहिले भिस्याट प्रणालीमा स्तरोन्नति भइसकेको छ ।
मुलुकमा ८.३ रेक्टर स्केलको भूकम्प आएर धेरै भौतिक संरचना ध्वस्त भई अत्यावश्यक सेवासमेत अवरुद्ध भएमा नेपाली सेनाले अन्य सुरक्षाफौजसँगसमेत समन्वय गरेर आफ्ना सिग्नलमार्फत घटनाका सत्यतथ्य सूचना सङ्कलन गरी प्रवाह गर्न सक्ने क्षमता रहेको सेनाको दाबी छ ।
प्राकृतिक प्रकोपका घटना भएका बेला नेपाली सेनाले आफ्नो १०० वाटको ‘ग्रिनटेक रेडियो सेट’ सिग्नलमार्फत आफ्ना मातहतका निकायबाट निरन्तररुपमा सूचना प्राप्त गर्न सक्नेगरी भौतिक संरचनासमेतको तयारी गरेको महासेनानी नवजीव शम्शेर राणाले जानकारी दिए ।
