समाचारशुक्रबार, बैशाख २७, २०७०

कार्की नियुक्तिको विरोध जारी

हिमालखबर

लोकमान सिंह कार्कीको अख्तियारमा नियुक्तिको विरोध गर्दै आएका १३ विद्यार्थी संगठनहरुले राजधानीको बाल्मिकी क्याम्पसबाट सिठी जुलुस निकालेका छन् ।

विदास्पद व्यक्तिलाई अख्तियार जस्तो उच्च निकायमा निुयक्त गरिएको भन्दै विद्यार्थी सङ्गठनहरूले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् । यही क्रममा २८ बैशाखमा मोटरसाइकल ¥याली निकालिने नेवि संघका प्रवक्ता युपी लामिछानेले बताए ।

यसैबीच कार्की नियुक्तिको विरोधमा आज पेशागत महासंघले बिहान १ घन्टा पेनडाउन गरी कामकाज ठप्प पारेको छ ।

महासङ्घले तत्काल कार्कीको नियुक्ति खारेज गर्नुपर्ने बताएको छ । नियुक्ति बदर नभएसम्म पेशागत महासङ्घले पनि विरोधका कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>