समाचारशुक्रबार, बैशाख २७, २०७०

अख्तियार प्रमुख नियुक्तिमा गल्ती भयोः कोइराला

हिमालखबर

२७ बैशाखमा राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले आफूहरूले हतारमा लोकमानसिंह कार्कीको नाममा स्वीकृति जनाएको र पछि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भुल सुधार गर्न भन्दा सुनुवाई नभएको बताएका छन् ।

कोइरालाले नेकपा एमालेसँग पनि यो विषयमा राम्रो तालमेल मिलाउन नसकेको बताए ।

“मेरै पार्टीका युवाहरु समेत विरोधमा छन्, म यो कामका लागि गल्ती भएको स्वीकार्छु,” कोइरालले भने ।

कार्यक्रममा नेकपा एमालेका नेता भरतमोहन अधिकारीले आउने मंसीरमा जसरी पनि चुनाव गराउनुपर्ने बताए । अधिकारीले मंसीरमा पनि चुनाव हुन नसके मुलुकलाई सही दिशामा लग्न गाह्रो हुने चेतावनी दिए ।

जनताको बीचमा जाने, उनीहरूको मत सङ्कलन गर्ने प्रक्रिया लोकतान्त्रिक पद्धति भएकोले कसैले विरोध गर्न नहुने अधिकारीको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>