समाचारशनिबार, बैशाख २८, २०७०

नेपाल बन्द फिर्ता

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले भोली २९ बैशाख का लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले बताएका छन् ।

अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको विद्यार्थी संगठनको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको हो ।

माउ पार्टीहरुको सिफारिसमा अख्तियारमा कार्कीको नियुक्ति भएकोमा विरोध जनाउँदै आएका विद्यार्थी संगठनहरुले बन्दका कारण जनजीवन प्रभावित हुने भएकाले विरोधका अरु नै कार्यक्रम गर्ने गरी बन्द फिर्ता लिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>