समाचारशनिबार, बैशाख २८, २०७०
नेपाल मलेसियासँग ६ विकेटले पराजित
१ सय १९ रनको योगफल तयार पारेको नेपाल घरेलु टोली मेलेसियासँग ६ विकेटले पराजित भएको हो ।
पहिलो व्याटिङ गरेको नेपालले ४४ ओभरमा सवै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । १ सय १९ रनको लक्ष्य पछ्याएको मलेसियाले ३८ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
नेपालका अमित श्रेष्ठले ३२, हरिशंकर साहले २५, निर्मल थापाले १२ रनको योगदान गरेका थिए ।
यसअघिका खेलमा नेपालले मलेसिया, कुबेत, बहराईन र कतारलाई हराए पनि २७ बैशाखमा भएको सेमिफाईनलमा युएईसँग पराजित भएकोे थियो ।
आज मलेसियासंगको पराजयपछि नेपालले एलिट कपको चौथो स्थानमै चित्त बुझाउनु परेको छ ।
यसैविच एलिटकप क्रिकेट प्रतियोगिताको उपाधि भने अफगानिस्तानले जितेको छ ।
मलेसियामा विहान सकिएको फाईनल खेलमा युएईलाई १० विकेटले पराजित गर्दे अफगानिस्तानले उपाधि जितेको हो ।
