समाचारशनिबार, बैशाख २८, २०७०

ब्रह्मलुट लुकाउन कार्कीको नियुक्तिः कमल थापा

हिमालखबर

२८ बैशाखमा धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका शिर्ष नेताहरुले जनताको भावन विपरित अख्तियारमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्नु राज्य कोषमा आफूहरुले गरेको भ्रष्टाचारबाट जोगिनका लागि भएको बताएका छन् ।

‘‘सात वर्षमा चार दलका सिमित नेताले ब्रह्मलुट मच्चाएका छन् । आफूहरु कठघरामा उभिउनु पर्छ की भन्ने डरले षडयन्त्रपूर्वक कार्कीको नियुक्ति गरिएको हो,” थापाले भने ।

चार दलका केही नेताहरु र विदेशी शक्ति केन्द्रको स्वार्थ पनि मिलेको थापाले दाबी गरे ।

राप्रपा नेपालको सुदूरपश्चिम स्तरीय क्षेत्रीय भेलाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष थापाले कार्कीको नियुक्तीमा चार दलका शिर्ष नेतासँगै मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी पनि दोषी रहेको बताए । उनले राष्ट्रपति रामवरण यादवले पनि जनभावना बुभ्mन नसकेको आरोप लगाए ।

मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा रहेका थापाले चार दलीय सिन्डेकट खारेज नहुँदासम्म निष्पक्ष निर्वाचनको ग्यारेण्टी नहुने समेत बताएका थिए ।

बच्चु विक, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>