थप समाचारआइतबार, बैशाख २९, २०७०

दाउरा मुक्त गाविस घोषणा हुँदै

हिमालखबर

गाविसका १७५० घरधुरीमध्ये १३५० मा बायोग्यास चुला बनेका र २२ जेठसम्म बाँकी घरमा पनि बनिसक्ने भएकाले दाउरा मुक्त गाविस घोषणा गर्न लागिएको मक्षेबुराउसका अध्यक्ष कुलप्रसाद भुसाल बताउँछन् । नेपाल सरकार र अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सञ्चालित विश्व वन्यजन्तु कोष अन्तर्गतको ‘हरियो वन कार्यक्रम’ र मक्षेबुराउसले रु.३० हजार लाग्ने एउटा वायोग्यास रु.५ हजारदेखि ७ हजारमै बनाइदिएका छन् ।

मक्षेबुराउसका अध्यक्ष भुसाल ग्यास प्रयोग गर्दा वन जोगिने, मानवीय स्वास्थ्यमा प्रतिकूल असर नपर्ने, कार्बन क्रेडिटबाट लाभ लिन सकिने र त्यसबाट आएको पैसा वन व्यवस्थापनमा लगाउन सकिने भएकाले बायोग्यासमा लगानी गरेको बताउँछन् । २०४६ सम्म खाली चउर रहेको ठाउँमा वृक्षरोपण गरेर ६९७ हेक्टरको जंगल बनाइएको छ । जसको सुरक्षा गर्दा पाँच वर्ष पहिले रूखबाट खसेर मेरुदण्ड भाँच्चिएका बलराम भण्डारी भन्छन्, “ग्याँस बाल्न पाएपछि दाउरा काट्न जंगल जानु नपर्ने हुँदा जंगली जनावरको आक्रमण अब बेहोर्नु नपर्ने भयो ।”

सन्त गाहा मगर, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>