समाचारआइतबार, बैशाख २९, २०७०

बन्दले मधेशको जनजीवन प्रभावित, सद्भावनाका कार्यकर्ताहरु पक्राउ

हिमालखबर

सदभावना पार्टीले गरेको बन्दका कारण सुनसान बीरगञ्ज । तस्बीर: बिम्मी शर्मा

बन्दका क्रममा गाडी चलाएको भन्दै सर्लाही सदरमुकाम मलंगवामा सदभावना पार्टीका कार्यकर्ताहरुले एउटा गाडी तोडफोड गरेका छन् । गाडी तोडफोड गर्ने क्रममा १२ जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलुपरमा राजमार्ग अवरोध गरी बसेका सद्भावना पार्टीका केन्द्रीय सदस्य राजाराम पासवानलाई लगायतलाई पनि हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

सद्भावना पार्टीले १० बुँदे माग राख्दै मधेशका जिल्लाहरुमा चौथो दिन २९ बैशाखमा पनि रिले अनसन जारी राखेको छ ।

निर्वाचनको मिति घोषणा, समावेशी विधेयक, नागरिकता वितरण लगायतका माग राख्दै सुनसरीमा आमरण अनशनमा बसेका सदभावना पार्टीका प्रवक्ता सन्तोष मेहता र जिल्ला उपाध्यक्ष देवराम मधेशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २८ बैशाखमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई धरान अस्पतालमा उपचारका लागि भर्ना गराएको छ । त्यसक्रममा प्रहरी र सदभावनाका कार्यकर्ताहरुबीच झडप समेत भएको थियो ।

प्रवक्तालाई नियन्त्रणमा लिए लगत्तै सद्भावना पार्टीले मधेश बन्दको घोषणा गरेको हो ।

त्यस्तै चितवनको रत्ननगरमा चक्काजाम गर्न खोज्ने पाँच जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर १ दुरसंचार रोड अगाडी सडक अवरुद्ध गर्न खोज्ने सद्भावना पार्टीका केन्द्रीय सदस्य अर्जुन उप्रेती, इन्दु सुवेदीलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

इटहरीमा बिहानै सवारीसाधन तथा बजार पसल बन्द गराउँदै हिंडेका सद्भावना पार्टीका सुनसरी जिल्ला सदस्य परमेश्वर मण्डलसहित ६ नेता तथा कार्यकर्तालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

इटहरीमा सार्वजनिक सेवाका यातायात नचले पनि विद्यालय तथा अन्य शैक्षिक संस्थामा भने असर परेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>