समाचारआइतबार, बैशाख २९, २०७०
पाकिस्तानमा शरिफको नेतृत्वमा सरकार बन्ने निश्चित
पाकिस्तानमा जारी मतगणनामा पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एन सबैभन्दा अगाडि देखिएको छ । पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरीके इंसाफ दोस्रो नम्बरमा छ भने सत्तारूढ़ पीपीपी तेस्रो स्थानमा छ ।
इमरान खानले आफ्नो हार स्वीकार गरेका छन् भने कौमी मूवमेंटका नेता अल्ताफ हुसैन ने नवाज शरीफलाई बधाई दिएका छन् ।
अहिलेसम्म २७२ मध्ये १६६ स्थानको परिणामा घोषित भइसकेको छ । जसमा शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लीगलाई ९५, तहरीके इंसाफ़लाई २१, पाकिस्तान पीपल्स पार्टीलाई १६ र एमक्यूएमलाई ८ स्थानमा सफलता हासिल भएको छ ।
यसैबीच पूर्व प्रधानमंत्री नवाज शरीफले लाहौरमा आफ्ना समर्थकहरुलाई संबोधित गर्दै भगवानले एकपटक फेरि देशको सेवागर्ने मौका दिएको र आफूले सबैलाई साथ लिएर अघि बढने बताएका छन् ।
उनले सबै पार्टीलाई आफूसँग वार्ता गर्न र देशका समस्याहरु मिलेर समाधान गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्रीले चुनाव हारे
पाकिस्तानमा सत्तासिन जरदारीको पार्टी पाकिस्तान पीपुल्स पार्टीले सबैभन्दा बढी नोक्सान ब्यहोर्नु परेको छ । जरदारी की पार्टी तस्रो स्थानमा खस्किएको छ ।
जरदारीको पार्टीबाट प्रधानमंत्री बनेका राजा परवेज अशरफले निर्वाचनमा हार ब्यहोरेका छन् ।
नवाज शरिफ दुईपटक सन् १९९० र १९९७ मा प्रधानमन्त्री भइसकेका छन् । तर, दुबै पटक उनलाई सत्ताबाट अपदस्थ गरिएको थियो । पहिलो पटक तत्कालिन राष्ट्रपति गुलाम इशाक खानले र दोस्रो पटक सैनिक जनरल परवेज मुशर्रफले उनलाई सत्ताबाट अपदस्थ गरेका थिए ।
पाकिस्तानमा पहलो पटक निर्वाचित सरकारले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरेपछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दै छ ।


