समाचारआइतबार, बैशाख २९, २०७०
आठ कैदी सुरुङ खनेर भागे
२८ बैशाख मध्यरातमा रोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सरोज पौडेलले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक पौडेलका अनुसार गैंडाको खाग तस्करीमा सजाय भोगिरहेका अर्जुन सेन, जर्वजस्ती करणी गरेर कारागार सजाय भोगिरहेका धुब्र डाँगी, राजबहादुर वली, चम्फे बिक, चोरीकोे आरोपमा कारागार गएका वसन्त रोका, कृष्ण वली, दिप पुन, राजु थापा सुरुङ खनेर भागेका हुन् ।
जिल्ला कारागारमा ८२ जना कैदीहरु छन् भने सुरक्षाका लागि १९ जना प्रहरीको टोली तैनात छ । जेलर विदामा बसेको समयमा कैदीहरु भागेका छन् ।
घटनाको निरीक्षणका लागि क्षेत्रीय प्रहरी कार्यालयका डिआइजीलगायतको टोली रोल्पा जाने तयारीमा छ ।
गजेन्द्र बोहरा/दाङ
