समाचारसोमबार, बैशाख ३०, २०७०
आन्दोलनरत दलहरु विरोधसभा गर्दै
आन्दोलनरत ३३ दलहरुले आजका लागि तय गरिएको नेपालबन्द फिर्ता लिएपछि काठमाडौंको खुलामञ्चमा विरोधसभा गर्दैछन् ।
आज मच्छिन्द्रनाथको रथ जात्रा परेकाले बन्द फिर्ता लिइएको र दिउँसो विरोधसभा हुने नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङले जानकारी दिए ।
लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा नेकपा–माओवादी सहितका साना दलहरु आन्दोलनमा छन् । ३१ बैशाखमा उनीहरुले कार्कीे नियुक्तिको विरोधमा अख्तियार अगाडि धर्ना दिने बताएका छन् ।
