समाचारसोमबार, बैशाख ३०, २०७०
सदभावना पार्टीको २४ जिल्लामा आमरण अनशन
निर्वाचनको मिति घोषणा, समावेशी अध्यादेश, नागरिकता वितरणलगायतका विभिन्न १० बुँदे माग राख्दै राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका नेता कार्यकर्ताहरुले मधेशका २२ वटै जिल्लाहरुमा र पहाडका कास्की र तनहुँमा समेत ३० बैशाखदेखि आमरण अनशनमा बसेका छन् ।
यसअघि सुनसरीमा अनशनमा ११ दिनदेखि अनशनमा बसेका पार्टीका केन्द्रीय सदस्य सन्तोष मेहतालगायतको स्वास्थ्यस्थिति विग्रिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई धरान अस्पतालमा भर्ना गराएको थियो । त्यसलगत्तै आन्दोलन शुरु गरेको सदभावनाले ३० बैशाखदेखि आमरण अनशन शुरु गरेको हो ।
आफ्ना मागहरु पूरा नहुञ्जेल अनशन जारी रहने सर्लाहीमा अनशन बसिरहेका सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी दिए ।

