थप समाचारसोमबार, बैशाख ३०, २०७०

रक्सी खाएर मात्ने सांसदले राजीनामा दिए

हिमालखबर

न्युजिल्यान्डमा रक्सीको मातमा रेष्टुरेन्टमा काम गर्ने ‘वेटर’लाई दुव्र्यवहार गर्ने सांसदले राजीनामा दिएपछि प्रधानमन्त्री जोन कीले राजीनामा दिएको कुरालाई स्वागत गरेका छन् ।

नेसनल पार्टीका सांसद एरोन गिलमोरले आइतबार राति सांसद पदबाट राजिनामा दिने घोषणा गरेका हुन् । गत महिना उनले साउथ आइल्यान्डको एक रेस्टुराँमा खाना खाँदा टन्नै मदिरापान गरेका थिए ।

‘‘मैले गल्ती गरेँ । म पनि मानिस नै हुँ’’, गिलमोरले पत्रकारहरूलाई बताए । उनले आफ्नो सत्यनिष्ठामाथि आक्रमण भएको, त्यसले आफ्ना वरपरका व्यक्तिहरूमाथि चोट पुग्न थालेको र यो उनीहरूप्रति उचित कार्य नभएको बतए ।

गिलमोरसँगै खाना खान बसेका वकिल एन्ड्र्यु रिचेजले सांसदले उनलाई थप मदिरा दिन नमान्ने वेटरसँग विवाद गरेको र अपशब्द बोलेको बताए ।

विवादका क्रममा गिलमोरले प्रधानमन्त्रीको कार्यालयलाई भनेर यी वेटरको जागिर खोसिदिने धम्की दिएको र यी वकिलले पछि यसका लागि रेस्टुराँसँग माफी माग्नुपरेको बताइएको छ ।

गिलमोरले रिचेजका आरोपलाई अस्वीकार गरेपनि आफू मदिराका कारण मातेको तथा ‘वेटर’ प्रति उग्र तथा रुखो भएको स्वीकार गरेका छन् ।

गिलमोरले सुरूमा राजिनामा दिन अस्वीकार गरे पनि उनले आफूलाई प्रधानमन्त्रीको समर्थन नरहेको देखेपछि राजिनामा दिएका हुन् ।

प्रधानमन्त्री कीले टीभीएनजेलाई यी सांसदको व्यवहार उचित नभएको दलको धारणा रहेको बताएका छन् ।

गिलमोरलाई नेसनल पार्टीका अर्का एक सदस्यबाट प्रतिस्थापन गरिने र यसबाट गठबन्धन सरकारमा कुनै प्रभाव नपर्ने बताइएको छ ।
एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>