समाचारमंगलबार, बैशाख ३१, २०७०

जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमाल

हिमालखबर

महासंघको चितवनमा भएको महाधिवेशनमा ३० बैशाखमा भएको निर्वाचनबाट निकट प्रतिद्वन्द्वी चन्द्रबिक्रम राईलाई १५ मतले पराजित गर्दे नगेन्द्र कुमाल निर्वाचित भएका छन् र

अध्यक्षका अर्का प्रत्यासी नरेश ताम्राकारले भने तीनमत मात्रै पाए । जम्मा खसेको ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत प्राप्त गरेका छन् ।

महासंघको महासचिबमा २२ मत पाएर पाँच जना प्रतिस्पर्धीलाई उछिन्दै पेम्बा भोटे निर्बाचित भएका छन् ।

उपाध्यक्षमा महिला तर्फबाट रोशनी मेचे, हिमालबाट डन्डु शेर्पा, पहाडबाट सूर्यबहादुर माझी, भित्री मधेशबाट चिनीलाल माफी र तराई बाट राम बराम बिजयी भएका छन् ।

३० बुदे सौराहा घोषणा पत्र जारी गर्दे जनजाति महासंघको महाधिबेशन सम्पन्न भएको छ ।

पहिचान सहितको संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, बिघटित संबिधान सभा तीन महिनाका लागी पुनस्र्थापना गरी संबिधान जारी गर्नुपर्ने लगायतका विषयहरु घोषणापत्रमा समावेश छन् ।
देब पचभैया, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>