थप समाचारमंगलबार, बैशाख ३१, २०७०
मनाङमा एउटा पनि अबैध हतियार प्राप्त भएन
सरकारले पहिलोपटक १ महिना र थप १ महिना गरी दुई महिनाको म्याद दिएर देशभरबाटै स्थानीय प्रशासनलाई हतियार बुझाउन आग्रह गरेको थियो ।
पहिलोपटक १६ फागुनदेखि १६ चैतसम्म र पछि १७ चैतदेखि १७ बैशाखसम्म दिइएको म्यादमा मनाङबासीले एकथान पनि हतियार नबुझाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
स्थानीय प्रशासनले गाविसका सचिव र सीमा प्रहरी चौकी मार्फत गाउँगाउँमा यसको सूचना प्रदान गरेपनि एउटा पनि हतियार प्राप्त नभएको मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोलाले वताए ।
नवीकरण नभएका र अबैध रुपमा राखिएका हतियार नबुझाए ५ बर्ष कैद र १ लाखसम्म जरिवाना गरिने कानुनी ब्यवस्था रहेको छ ।
यसैबीच लमजुङमा भरुवा बन्दुक ४६ थान, कार्तुस १ थान, १२ बोर राईफल नाल ४ थान र बन्दुकका नालमात्र १८ थान ६९ थान हतियार संकलन भएको लमजुङका प्रमुख जिल्ला अधिधकारी बाबुराम भण्डारीले बताए ।
युवराज श्रेष्ठ, लमजुङ
