समाचारबुधबार, जेठ १, २०७०

फौजदारी अभियोग लागेकाले पनि चुनाव लडन पाउनुपर्छः एमाओवादी

हिमालखबर

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग १ जेठ बिहान भएको छलफलमा एमाओवादी शीर्ष नेताहरुले फौजदारी अभियोग लागेका ब्यक्तिले चुनाव लड्न नपाउने र संविधानसभा सदस्य बन्न कम्तिमा १ प्रतिशत मत ल्याउनुपर्ने थ्रेसहोल्ड सम्बन्धी कानून परिमार्जन गर्न माग गरेका छन् ।

संविधानसभामा सबै दलहरुलाई समेट्नुपर्ने भएकाले फौजदारी अभियोग लागेकाहरुलाई पनि निर्वाचनमा उम्मेदवार बन्न दिनु पर्ने र समानुपातिक तर्फ थ्रेसहोल्ड राख्न नहुने एमाओवादीको ठहर छ ।

एमाओवादीले छिटोभन्दा छिटो निर्वाचन कानून बनाएर निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको अध्यक्ष पुष्पकमल दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

खकुरेलका अनुसार सबै विषयमा सहमति गरेर मिति तोक्दा ढिलो हुने भएकाले मिति पनि तोक्ने र सहमतिको प्रयास पनि गर्नुपर्ने छलफलमा एमाओवादी नेताहरुले धारणा राखेका थिए ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन ऐनको मस्यौदामा दलहरुबीच विवाद भएपछि सरकार दलहरुको परामर्शका आधारमा नै टुङ्गोमा पुग्ने भन्दै विभिन्न दलहरुसँग छलफल गरिरहेको छ ।

नेपाली कांग्रेस र एमालेले भने आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी ऐनलाई जस्ताको तस्तै पारित गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>