थप समाचारबुधबार, जेठ १, २०७०
चितवनका नीजि विद्यालयहरु बन्द
३१ बैशाखमा दुर्घटनामा परी ज्यान गुमाएका शिक्षक लेखनाथ पाण्डेको परिवारलाई दिने भनिएको क्षतिपूर्तिका सम्बन्धमा बेवास्ता गरिएको भन्दै इष्टुले १ जेठमा विद्यालय बन्द गराएको हो ।
३१ बैशाख बिहान १० बजे मोटरसाईकलमा सवार नवलपरासीको रामनगर ७ का २७ वर्षीय पाण्डेलाई ना ३ ख २७८ नम्बरको बसले ठक्कर दिएको थियो ।
पाण्डे सिद्धार्थ बोर्डिङ्ग स्कुल नारायणगढका शिक्षक र बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका एमएस्सी दोस्रो वर्षका विद्यार्थी हुन् । दुर्घटनामा घाईते भएकी भरतपुर ४ की १६ वर्षीय रिचा बरालको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
इष्टुले चितवन र नवलपरासीमा बिहान गरेको बन्द भने प्रहरीले बल प्रयोग गरी खुलाएको छ ।
पीडित परिवारलाइ १५ लाख क्षतिप्ुर्ति दिनुपर्ने, सिद्धार्थ स्कुल र बिरेन्द्र क्याम्पसमा तीन÷तीन लाख बराबरको अक्षयकोषको स्थापना गरिनुपर्ने लगायतका माग राख्दै इष्टुले बन्द गरेको हो ।
सविता श्रेष्ठ, चितवन
