थप समाचारबुधबार, जेठ १, २०७०

कञ्चनपुरमा नेविस‌ंघ र क्रान्तिकारीबीच झडप

हिमालखबर

गत ३० बैशाखमा क्याम्पसमा भएको तोडफोडको विषयलाई लिएर नेकपा–माआवादी निकट अनेरास्ववियु क्रान्तिकारी र नेविसंघ संस्थापन पक्षबीच भएको विवादले झडपको रुप लिएपछि क्याम्पसमा पठनपाठन बन्द भएको हो ।

झडपमा परी क्रान्तिकारीका जिल्ला अध्यक्ष पदमराज जोशी र नेविसंघ क्याम्पस एकाइ समितिका अध्यक्ष समान्य घाइते भएका छन् ।

क्याम्पसमा भएको क्षतिबारे जानकारी लिने र दोषीमाथि कारबाही गर्ने विषयमा भइरहेको छलफलमा विवाद हुँदा झडपको अवस्था सिर्जना भएको नेविसंघका जिल्ला अध्यक्ष तर्कराज भट्टले बताए ।

तर क्रन्तिकारीका जिल्ला अध्यक्ष पदमराज जोशीले भने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका भीम जोशीलाई अपरिचित व्यक्तिले क्याम्पसमै आएर कुटपिट गरेपछि विवाद सिर्जना भएको बताएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>