समाचारबुधबार, जेठ १, २०७०
एमाओवादी र मधेशवादी चुनाव विथोल्दैछन्: ओली
युवा संघ नेपालको स्थापना दिवसको अवसरमा १ जेठमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता केपी ओलीले दलहरुले मतदाता नामावली, संविधानसभा सदस्य संख्या र थ्रेसहोल्ड लगायतका विषयमा अनावश्यक बिवाद निकालेर निर्वाचन बिथोल्न खोजेको दाबी गरेका छन् ।
उक्त कार्यक्रममा एमाले सचिव शंकर पोखरेलले वर्तमान सरकारलाई शासन गर्ने चासो बढी भएकाले चुनावको मिति घोषणा हुन नसकेको बताए । उनले नेताहरुले बहालवाला प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिएर सर्वोच्च अदालतमा पनि सरकारको अप्रत्यक्ष हस्तक्षेप बढेको टिप्पणी गरे ।
एमाले केन्द्रीय सदस्य एवं युवा फा“टका इन्चार्ज योगेश खतिवडाले मुलुकको नेतृत्व युवाहरुको का“धमा नाअएसम्म विभिन्न आन्दोलनबाट भएका उपलब्धीहरु संस्थागत हुन नसक्ने बताएका थिए ।
