समाचारबुधबार, जेठ १, २०७०
लोकमानसिंको नियुक्तिबारे कारण देखाउ आदेश
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको निवेदनमा १ जेठमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश रामकुमारप्रसाद साहको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, संवैधानिक परिषद् र प्रमुख आयुक्त कार्कीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । साहको इजलासले विपक्षीहरूको रायसमेत आएपछि अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषय १२ जेठमा संयुक्त इजलासमा सुनुवाईका लागि पेश गर्न आदेश दिएको छ ।
अधिवक्ता अर्यालद्वारा २९ वैशाखमा दायर रिटमा संवैधानिक परिषद्को निर्णय बमोजिम उच्च नैतिक चरित्र नभएको आरोप लागेका पूर्व मुख्यसचिव कार्कीलाई आयोग प्रमुखमा नियुक्ति दिने, शपथ गराउने र जिम्मेवारी दिनेजस्ता काम आफ्नो निवेदनको टुङ्गो नलागेसम्म नगर्न/नगराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।
