समाचारबिहीबार, जेठ २, २०७०

नेपाल वायुसेवाको जहाज दुर्घटना (अपडेट)

हिमालखबर

घाइतेहरुलाई हेलिकप्टरबाट पोखरा ल्याइँदै । तस्बीर: माधव वराल

दुर्घटनमा घाइते भएकामध्ये चालक दलका दुइ सदस्यको अवस्था गम्भीर छ । जहाज दुर्घटनमा परे पनि आगलागी नभएका कारण मानविय क्षति भएन । जहाज अवतरण गर्ने क्रममा धावनर्मागबाट चिप्लिएर कालिगण्डकी नदी किनारमा पुगेको थियो ।

२ जेठ विहान ८ः३५ बजे भएको दुर्घटनामा परेकामध्ये जहाजका चालक दीपेन्द्र प्रधान र सहचालक सुरेश केसीलाई पोखरामा प्राथमिक उपचार गरी काठमाडौ लगिएको छ भने अन्य ८ जनाको पोखरामा उपचार भइरहेको छ । चालकद्वयको शरीरका विभिन्न भागमा चोट लाग्नुकासाथै विभिन्न भागको हड्डी भाँचिएको अस्पतालले बताएको छ । जहाजको अगाडीको भाग नदीकिनारमा बजारिएकोले चालक दलका सदस्यलाई गहिरो चोट लागेको हो ।

जहाज दुर्घटनामा परी घाइते जापानी नागरिक पोखरा अस्पतालमा । तस्बीर: माधव वराल

जहाज परिचारिका काठमाडौकी सन्तमाया तामाङ अर्घाखाचीकी मधु पन्त, पोखरा फुलबारीका सन्तोष विक, पर्वतका गोविन्द पहारीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था समान्य छ ।

त्यसैगरी जापनी नागरिकहरु कावा साचितो, टे«बाइ सुको, कावाकामी हिराके, याजावा याइकी, याजावा हिरोमीको पनि पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा नेपालीहरु डिल्लीराज पन्त, लाक्पानिरु शेर्पा, उमाथापा मगर, पेमा गुरुङ, जीआर ठकुरी, के गुरुङ, एल शेर्पा र हिम सुङ घाइते भएको पश्चिम क्षेत्रीय प्रहरी प्रहरी कार्यालयका डिएसी दयानिधी ज्ञवालीले जानकारी दिए ।

जापानी नागरिक नाम्बो हाजीमे, सातो सित, अबिय किकोे पनि घाइते भएका छन् । जहाज दुर्घटनामा परेपछि नेपाली सेना, प्रहरी, स्थानीयबासीले घाइतेलाई उद्धार गरेका थिए ।

धावनमार्गमा घुम्दा चिप्लिएर कालीगण्डकी किनारामा खसेको जहाजको पखेटा भाँचिनुका साथै अगाडीको भाग क्षतविक्षत भएको छ । जहाज अवतरण गर्ने क्रममा बढी हावा चलेका कारण जहाज अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनामा परेका पर्वतका गोविन्द पहारीका अनुसार जहाज अवतरण पश्चातपनि गति नघटेपछि धावनमार्ग छाडेर कालीगण्डकीको किनारमा पुगेर बजारिएको हो ।

गत बर्ष पनि १ जेठमा मुस्ताङको मार्फा गाविसमा अग्नी एयरको जहाज दुर्घटनामा हुँदा दुई नेपाली सहित १५ जनाको मृत्यु भएको थियो । १ वर्षपछि फेरि जोमसोम जहाज दुर्घटना भएको हो । गत वर्ष पनि दुर्घटनामा परेको जहाजमा आगो नलागेको कारण ६ जनाको ज्यान जोगिएको थियो ।

माधव बराल, पोखरा
———————————————————————————-

नेपाल वायुसेवाको जहाज दुर्घटना(घाइतेहरूको नामसहित)

पोखराबाट जोमसोमको लागि उडेको नेपाल एयरलान्सको जहाज दुर्घटना भएको छ । दुर्घटनामा परेर चालक दलका सदस्यसहित १४ नेपाली र आठ जापानी गरी २२ घाइते भएका छन् ।

हिमालखबर
बिहीबार , २ जेठ २०७० ८:५२ एम

जहाज २ जेठ विहान ८ बजेर ३५ मिनेट जाँदा जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा धावनर्मागमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा परेर २२  जना घाईते भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिएसपी दयानिधी ज्ञवालीले जानकारी दिएका छन् ।

जहाजका पाइलट, को–पाइलट र एयरहोस्टेजलाई तारा एयरको जहाजबाट पोखरा ल्याइएको छ । अन्य घाइतेकालाई हेलिकोप्टरबाट पोखरा ल्याउने तयारी भएको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये डिल्लीराज, मधु र गोविन्दको अवस्था गम्भीर छ ।

पश्चिम क्षेत्रीय कार्यालय पोखराका अनुसार ५ जनाको अवस्था गम्भीर छ । जहाजमा ८ जना जापनी, १० जना नेपाली र तीन जना चालक सदस्य थिए । जहाज विमानस्थलबाहिर कालीगण्डकी किनारामा खसेको छ । जहाजमा आगलागी नभएका कारण मानवीय क्षति हुनबाट जोगिएको छ ।

घाइतेहरू
१ पाइलट डी प्रधान
२ को–पाइलट सुरेश केसी
३  एयरहोस्टेज सन्तमाया तामाङ
४ डिल्लीराज पन्त
५ मधु पन्त
६  गोविन्द पहारी
७ लाक्पानिरु शेर्पा
८ सन्तोष विक
९ उमा थापा मगर
१०  जीआर ठकुरी
११ के गुरुङ
१२  एल शेर्पा
१३ हिम सुङ

१४ पेमा गुरुङ

जापानी नागरिक
१५ नाम्बो हाजीमे
१ ६ सातो सित
१७ हाचियो
१८ याजावा याइकी
१९ याजावा हिरोमी
२० कावाकामी हिरोके
२१ अबिय किको
२२ ट्रेबाई सुको

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>