समाचारबिहीबार, जेठ २, २०७०
अब नयाँ सहमति आवश्यकः बैद्य
२ जेठमा महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले १२बँदे सहमतिपछिका सबै सहमतिहरु काम नलाग्ने भइसकेकाले अब नयाँ सहमति गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
‘‘१२ बुंदे शान्ति सम्झौता लगायतका सहमतिको औचित्य अब सकिएको छ, अब ती सहमतिकोे काम छैन’’ पार्टीको मेची महाकाली अभियानका लागि कञ्चनपुर आएका बैद्यले भने, ‘‘अब नयाँ सहमति आवश्यक छ, नयाँ सहमितले निकास निष्कन्छ ।’’
अध्यक्ष वैद्यले सबै दलको समान सहभागिता हुने गरी सहमति गर्नु पर्ने बताए । पूराना सहमति पालना नगरी चार दलीय संयन्त्रले सिन्डिकेट चलाएर देशलाई बर्बाद पार्न थालेको भन्दै उनले थपे, ‘‘चार दल असफल भएका छन् ।’’
बैद्यले आफूहरुले चुनाव बहिस्कारको घोषणा नगरिसकेको भन्दै अगामी चुनावका बारेमा कार्यकर्ताको राय समेत बुझिरहेको बताए । उनले भने, ‘‘ अहिलेकै अवस्थामा भने चुनावमा सहभागी हँुदैनौं ।’’
बच्चु विक, महेन्द्रनगर
