समाचारबिहीबार, जेठ २, २०७०
निर्वाचन नगरेर पनि संविधान जारी हुनसक्छः चन्द
२ जेठमा नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानका सैद्धान्तिक पक्षमा सहमति नगरी निर्वाचन गर्नुको कुनै अर्थ नरहने बताएका छन् ।
“सबै राजनीतिक दलबीच साझा सहमति निर्माण भयो भने निर्वाचन नगरेर पनि संविधान जारी गर्न सकिन्छ ,” चन्दले भने ।
राजनीतिक दलले जनताको प्रतिनिधित्व गर्ने भएकाले संविधान निर्माणमा दलीय सहमति आवश्यक भएको धारणा राख्दै सचिव चन्दले विमतिका विषयलाई चटक्कै बिर्सेर निर्वाचनले सबै विवाद किनारा लगाउँछ भन्नु जनतालाई झुक्याउनु मात्र भएको बताए ।
उनले मुलुक प्रतिगमनतर्पm धकेलिएको विचार व्यक्त गर्दै समय छँदै दलहरु नसच्चिए मुलुक अकल्पनीय दुर्घटनामा फस्ने चेतावनी पनि दिए ।
चन्दले दलहरुबीच विमतिका विषयहरु वार्ताबाटै टुङ्गो लगाउन सकिने भन्दै त्यसका लागि वातावरण निर्माण गर्ने दायित्व चार दल र सरकार भएको बताएका थिए ।
रासस
