समाचारबिहीबार, जेठ २, २०७०
प्रहरीमा ६०१० नयाँ दरबन्दी
मन्त्रिपरिषद्को २ जेठको बैठकले विभिन्न क्षेत्रमा जनशक्तिको अभावा भएको भन्दै प्रहरीमा नयाँ दरबन्दी थप्ने निर्णय गरेको छ ।
राजमार्ग सुरक्षा, अस्थायी प्रहरी बिट, महानगरीय सुरक्षाका लागि जनशक्तिको व्यवस्थापनका लागि दरबन्दी थप्न लागिएको सरकारका प्रवक्ता सूचना तथा सन्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी बैठकले आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को विजेता नेपाली क्रिकेट खेलाडीलाई प्रति व्यक्ति साढे तीन लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।
त्यस्तै रुकुम जिल्लाको चौरजहारी र पाँचथरको फिदिममा व्यवस्थित आवासका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ भने विश्व बैंकबाट प्राप्त हुने आठ अर्ब ६० करोड ऋण तथा अनुदान सहयोग लिने प्रक्रियालाई पनि स्वीकृति प्रदान गरेको छ ।
