थप समाचारबिहीबार, जेठ २, २०७०
प्युठानमा बस दुर्घटना दुईजनाको मृत्यु
प्युठानको धर्मावति १ बाग्दुला बजारबाट बाहनेका लागि छुटेको यात्रुबाहक बस २ जेठ दिउँसो साढे ३ बजेतिर दुर्घटनामा परेको हो ।
लु १ ख ५५७५ नम्बरको बस चिप्लिएर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मृत्यु हुनेहरूमध्ये फोप्ली ३ का मुक्ति पुनको मात्र सनाखत भएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरुको स्वर्गद्वारी लाइफ केएर हस्पिटल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
गाडी चालक र सहचालक भने फरार भएका छन् ।
