समाचारबिहीबार, जेठ २, २०७०
नेपाल भन्छन, ‘एमाओवादीको दादागिरी अब सहिंदैन’
२ जेठमा गृहजिल्ला रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता नेपालले एमाओवादीले चार दलीय समितिभित्र षडयन्त्र गर्दै दादागिरी गर्न खोजेको आरोप लगाउँदै अब त्यस्तो दादागिरी सह्य नहुने चेतावनी दिएका छन् ।
“एमाओवादीले विभिन्न षडयन्त्र गरेर दादागिरी देखाइरहेको छ, अब त्यसको कडा प्रतिवाद हुनेछ,” नेता नेपालले भने ।
उनले मंसीरसम्म पनि चुनाव हुन सकेन भने त्यसको जिम्मेवारी वर्तमान सरकार र चुनावको विरोध गरिरहेका दलहरुको हुने भन्दै नाजायज माग तेस्र्याएर चुनाव विथोल्ने काम नगर्न नेकपा–माओवादी लगायतका दलहरुलाई आग्रह गरे ।
निर्वाचनको कुनै विकल्प नभएकोले देशलाई थप जटिल अवस्थामा पुग्न नदिन सबै पक्ष चुनावको तैयारीमा लाग्नुपर्ने समेत नेपालले बताएका थिए ।
